‘म के गरौँ’ भन्दै आइन् ‘पर्ख पर्ख मायालु’की बिन्दु (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ गीतको लोकप्रियतासंगै गायिका बिन्दु परियार पाश्र्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतको लोकप्रियताले उनलाई पाश्र्व गायिकाको रुपमा स्थापित नै गरायो। त्यसो त गायिका परियारले केही महिनाअघि सार्वजनिक गरेको यूगल गीत ‘घरबार’ ले पनि दर्शक तथा स्रँताको मन जितेको थियो। लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएकी छिन्। आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायिका परियारले ‘म के गरौँ’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष अविरलको संगीत निर्देशन छ।

म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन्। भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका कलाकारहरुले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाईजले नै कोरियोग्रँफी गरेको हो । धीरज जंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियो अर्जुन अधिकारीले निर्देश्ँन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन्।

song: