‘मेरा खुट्टा तान्नेहरुले मेरा गोप्य तस्बिर पोष्ट गरिदिए, मिडियाले भाइरल बनाइदियो’: साम्राज्ञी (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

केही साताअघि इन्डोनेशियाको बालीमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समुन्द्र किनारमा रातो विकिनीमा मस्ती मुडमा देखिएकी थिइन्। उनी आफ्ना दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’को छायांकन सकेर बिदा मनाउँन निस्किएकी थिइन्। उनले उक्त विकिनीमा मस्ती गरेको तस्बिर इन्टाग्राममा पोष्ट गरेकी थिइन्। उक्त तस्बिरमा उनका सामाजिक संजालमा जोडिएका साथी र उनका फ्यानले उनको फिगरको तारिफ गर्दै सकारात्मक कमेन्ट गरेका थिए।

तर फेरी उनको प्रेमी देवांश जंग राणासंगको एक इन्टिमेट तस्बिर बाहिर आयो। उक्त तस्बिरले सामाजिक संजाल निकै तात्न थाल्यो। तस्बिरले चर्को आलोचना खप्नुपरेको थियो।आफ्ना प्रेमीसंग चुम्बन गर्दै मस्ती मुडमा रहेकी साम्राज्ञीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै भएको थियो। तस्बिरलाई लिएर दर्शकले मात्र नभएर चलचित्रकर्मी हरुले समेत चर्को आलोचना गरेका छन् । तस्बिरमा आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै सामज्ञीले आलोचकलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’समेत भन्न भ्याईन। उक्त साम्राज्ञीको प्रतिक्रियाले त झन दर्शक आलोचक झनै रुष्ट बने ।

यहि तनावले होला साम्राज्ञीले दर्शकलाई यसपटक त ‘यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न’ सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरिन। उनले उक्त इन्टिमेट तस्बिर आफूले सार्वजनिक नगरेको भर्खरै मात्र एक इन्टरभ्यूमार्फत बताएकी छिन्। उनका प्रेमीले उक्त तस्बिर प्राइभेट आइडीमा सेयर गरेको बताइन् । सामज्ञीका खुट्टा तान्ने ब्यक्तीले उक्त प्राइभेट आइडी ह्याक गरेर उक्त तस्बिर सेयर गरेको र यसलाई भाइरल बनाउने काम मिडियाले गरेको बताइन्। उनी यतिबेला चलचित्र मारुनीको प्रचार प्रसारमा व्यस्त छिन् ।

video: