मिका सिंहमाथि भारतमा प्रतिबन्ध

मुम्बई,एजेन्सी ।

बलिउड गायक मिका सिंहमाथि अल इन्डिया सिने वोर्कर एसोसिएसनले प्रतिबन्ध लगाएको छ । जम्मू कश्मीरको मुद्दालाई लिएर भारत र पाकिस्तानबीच १० दिन देखि तनावपूर्ण अवस्था रहेको समयमा मिकाले भने पाकिस्तानमै गएर सांगीतिक कार्यक्रम गरेको भन्दै एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिस्कार गर्ने घोषणा गरेको हो ।

मिकाले अगस्त ८ मा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्फका नातेदारले आयोजना गरेका एक कार्यक्रममा सांगीतिक प्रस्तुति दिएको भन्दै एसोसिएसनले उनी विरुद्ध कारवाहीको माग समेत गरेको छ । यस्तै एसोसिएसनले भारतका कुनै कलाकारले मिकासँग आगामी दिनमा काम नगर्ने आह्वान गर्दै यसको उल्लंघन गरे उनीहरु विरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएको छ। मिकाले कराचीमा गीत गाएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएदेखि नै उनको आलोचना सुरु भएको थियो । ३० सेकेन्डको भिडियो एक पाकिस्तानी पत्रकारले अपलोड गरेको बताइएको छ।