नियम विपरित प्रर्दशनमा हजार जुनीसम्म !

आर्टिष्ट खबर/ साउन, काठमाडौं

नेपाली पर्वबाहेक अन्य कुनैपनि समयमा चलचित्र प्रर्दशन गर्नका लागी शुक्रबार कुर्नुपर्ने नियम छ । नेपाली चलचित्रहरु प्रदर्शन हुन दशैं, तिहार र तीज जस्ता ठूलो पर्व उपयुक्त मानिन्छ । यसअघि यहि नियम अनुसार नेपाली चलचित्र प्रदर्शन हुँदै आएका छन् । तर बिदेशी चलचित्र भने बिदेशमा जुन समयमा प्रदर्शन हुन्छन् त्यहि समयमा  नेपालमा पनि हुने गरेका छन् । केहिसमय अघि नेपाली चलचित्रसँगै बिदेशी चलचित्रपनि प्रदर्शनमा आउनुपर्छ भन्ने माग नेपाली निर्माताहरुले उठाउँदै आएका थिए । तर यो माग पुरा भएको छैन। तर नेपाली चलचित्र ‘हजार जुनीसम्म’ भने बिहीबारबाटै प्रदर्शनमा आयो । रक्षा बन्धनको अवसर पारेर दुई बिदेशी चलचित्रसँगै यो चलचित्र पनि देशभर प्रदर्शनमा आएको हो । चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराईले पनि यसअघि बिदेशी चलचित्र पनि शुक्रबारनै प्रदर्शनमा आउनुपर्छ भनि आवाज उठाएका थिए । तर अझै यो कुरा लागुहुन नसक्दा नेपाली चलचित्र हजार जुनीसम्म कसरी बिहीबार प्रदर्शन भयो भन्ने अन्य निर्माताहरुको आक्रोश पनि छ । बोर्ड अध्यक्ष भट्टराईका अनुसार बिदेशी चलचित्रलाई बिहीबार प्रदर्शन हुनबाट रोक्न कुनै कानुन भएको बताउँछन् । ‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको ब्यवसायिक लाभ उठाउने उदेश्यले बिहीबार (साउन ३०) प्रदर्शनमा आएको हो। सरकारले यस वर्ष जनै पूर्णिमाको विदा दिएको छैन । धेरै पहिले यो मिति प्रदर्शन मितिको रुपमा प्रचार गरिएकोले पनि फिल्म बिहीबारनै रिलिज भएको हुनसक्छ ।

गीतसंगीत र ट्रेलरले दर्शकमा क्रेज बनाउन सफल यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् । फिल्मले सिंगल थियटरमा कल प्रदर्शन पाएपनि मल्टीप्लेक्समा भने बलिउडका दुई ठूला ‘मिशन मंगल’ र ‘बाटला हाउस’सँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यससँगै अन्य साना चाडपर्वमा अन्य नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्र प्रदर्शन गर्न तम्सिने निश्चत छ । यसको ठोस कानुन नहुँदा अझैपनि कतिपय चलचित्रका निर्माताहरु मारमा परेको देखिन्छ ।