‘रिजन अफ रिया’को छायाँकन सुरु

आर्टिष्ट खबर/ साउन, काठमाडौं

मिलन आले मगरले निर्देशन गर्ने नयाँ चलचित्र ‘रिजन अफ रिया’को निर्माण हुने भएको छ । बिहीबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा चलचित्रको मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु गरिएको छ ।

चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको काठमाडौंबाट छायाँकन सुरु भएसँगै मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने बताइएको छ । यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् । यस्तै यसमा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।