अक्षयको ‘मिशन मंगल’को बम्पर ओपनिङ,जोनको ‘बाल्टा हाउस’को ?

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’ बिहिबारदेखि विश्वभर एकसाथ प्रर्दशनमा आएको छ। यि दुई चलचित्रकैबीच बिहिबारबाटै नेपाली चलचित्र ‘हजार जुनीसम्म’पनि अल नेपाल प्रर्दशनमा आएको छ। ‘मिसन मंगल’ले बक्स अफिसमा बम्पर कमाई गरेको छ। ‘मिशन मंगल’ले करिब ३० करोडको ओपनिङ गरेको छ। भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रर्दशनमा आएको चलचित्रले पहिलो दिनमै २९.१६ करोडको ओपनिङ गरेको छ भने जोनको ‘बाल्टा हाउस’ले बिहिबारनै १४.५९  करोडको ओपनिङ गरेको  छ।

बिहिबार भारतमा राष्ट्रिय बिदा भएकाले पनि चलचित्रको ओपनिङ आक्रमक भएको हो। ‘मिशन मंगल’अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ। यसअघि उनको ‘गोल्ड’ चलचित्रले बक्स अफिससमा २५.२५ करोडको ओपनिङ गरेको थियो। जगन शक्तिले निर्देशन गरेको 'मिशन मंगल'मा अक्षय कुमार, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, विद्या बालन,नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रलाई समिक्षक र दर्शक दुबैले मन पराएका छन्। त्यसैगरी निखिल अडवाणीले निर्देशन गरेको 'बाल्टा हाउस'मा जोन अब्राहम, मृणाल ठाकुर, राजेश शर्मा, मनिष चौधरी लगायत कलाकारको अभिनय रहेको छ। दुवै सत्य घटनामा आधारित ऐतिहासिक चलचित्र हुन् ।