बेलायतमा खिचिदै ‘कैदीको पत्र’

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चलचित्र ‘कैदीको पत्र’ निर्माण हुने भएको छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा निर्माण हुने भएको हो । साहित्यकार सनमकुमार बैरागले स्व. मानन्धरको उक्र कथामा आधारीत चलचित्र २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ गरिरहेका छन् । ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरेका छन् । त्यस्तै चलचित्रको पटकथा, सम्वाद र गीत पनि बैराग स्वमय्ले लेखेका हुन् । अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवती सँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको चलचित्रको एउटा गीतको छायांकनमा क्रममागत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् । ‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनकालागि आफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशीमिलेको छ ।’

चलचित्रमा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको छ । मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन् । कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिलघले निर्माता रहेको चलचित्रको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । चलचित्र सुटिङका लागि केही साताअघि प्राबिधिकको एक काठमाडौबाट टोली बेलायत उडेको थियो ।  हालसम्म स्कटल्याण्डको क्रिफ, आवर फेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवन लगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साताबढी समय लाग्ने बताइएको छ ।