नियम बिपरित प्रर्दशनमा आएको ‘हजार जुनीसम्म’ले कतिको दर्शक तान्यो ?

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गएको बिहिबार जनै पुर्णिमाको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ले हलसम्म खास्सै दर्शक तान्न सकेको छैन।चकलेटी अभिनेता आर्यन सिग्देलको मुख्य अभिनय रहेको यस चलचित्रले थुप्रै दर्शक तान्न सक्ने अनुमान गरिएको थियो । तर सोचेको जस्तो चलचित्रले दर्शक पाएको अवस्था छैन । ‘हजार जुनीसम्म’ जनै पुर्णिमाको बिदाको ब्यवसायिक लाभ उठाउने उदेश्यले बिहीबार (साउन ३०) प्रदर्शनमा आएको थियो । कुनै चार्डपर्वबाहेक अन्य कुनैपनि समयमा चलचित्र प्रर्दशन गर्नका लागी शुक्रबार कुर्नुपर्ने नियम छ। तर नियम बिपरित यो चलचित्र बिहीबारबाटै प्रदर्शनमाआएको हो ।

प्रर्दशनको दिन बिहीबार र शुक्रबार चलचित्रले औषत मात्रामा ब्यापार गरेको थियो । शनिबार भने चलचित्रले बिहीबार र शुक्रबारको तुलनामा केही माथि ब्यापार गरेको छ । तर सुखद ब्यापार गर्न सकेको छैन। निर्देशक विकासराज आचार्यको यसअघिका चलचित्रहरुले सुखद  ब्यापार गरेको रेर्कड छ। उनले चलचित्रले खास्सै ब्यापार नगरेपनि चलचित्रप्रति केही अपेक्षा अझैँ राख्दै चलचित्रबाट सन्तुष्ट भएको बताएका छन् ।

सामिप्यराज तिमल्सेनाको  पटकथा रहेको यस चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की सञ्चिता लुईंटेल, सलोन बस्नेत, अखिलेष प्रधान, अनुभव रेग्मी, शिवहरी पौडेल, लगायतका कलाकारको अभिनय छ । विशाल चाम्लिङ  निर्मातामा रहेको चलचित्रमा  कविता रेग्मी कार्यकारी निर्माता रहेकी छिन् ।