‘मिस नेपाल कर्भी’ आयोजना हुने

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

पछिल्लो समय महिलाहरुको सौन्दर्यतालाई केन्द्रित गर्दै सौन्दर्य प्रतियोगीता आयोजना भइरहेका बेला फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा महिलाहरुको सौन्दर्यतालाई मात्र नभई बौद्धिकतालाई पनि स्थान दिने उद्देशयले ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ। राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरिएको यो प्रतियोगीता यसबर्षबाट नियमित अन्य बर्षहरुमा पनि आयोजना गरिने जानकारी दिइयो ।

शरीर चट्ट मिलेको जिउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनु पर्ने भन्ने मान्यतालाई यस सौन्दर्य प्रतियोगिताले तोड्दै सबै किसिमका रुप रंग भएका हरुले पनि भाग लिन सक्ने बताइएको छ । संसारमा महिलाहरुको क्षमताको कुरा गर्दै खालि बाहिरि सौन्दर्य प्रतियोगिता मात्र हुने भएकाले भित्रि प्रतिभा र क्षमतालाइ नै बृद्दि गराई महिलाहरुमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य रहेको छ। उमेर ढल्दैमा र शरीर मोटो हुदैमा कोहि महिला पनि प्रतिभाबिहीन र कम्जोर हुन्छन भन्ने हुदैन। त्यसैले अब सबै महिला उद्यमशिल र सामाजिक बन्नु पर्दछ भन्ने हेतुले यो प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगिताको लागि काठमान्डौ लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका ३० जना महिलाहरुलाई क्लोज क्याम्पमा राखेर १५ दिने पूर्णकालीन तालिम प्रदान गरिने छ । आगामि भदौ १२ गते ठमेलको छायाँ सेन्टरमा ग्रान्ड फिनाले गरिनेछ। बिजेता लगायत अन्य प्रतिस्पर्धीहरु देशका विभिन्न ठाउहरुमा पनि भाग लिई उद्यमशीलता र सामाजिक तालिमहरु प्रदान गर्नेछन् । यस कार्यक्रमा पश्चात सात वटा प्रदेशका सात वटा शहरका बिद्यालयमा गई सेनीटरी न्याप्किनको बारेमा जानकारी दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।