‘भिडियो पसल’ एप्सबाट नयाँँ नेपाली फिल्म हेर्न पाइने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।</span></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली चलचित्र बजारमा आईफ्लिक्स र नेटफ्लिक्स निकै प्रयोग भएको देखिन्छ। यसैबीच नयाँ नेपाली चलचित्र हेर्न चाहनेका लागि भर्खरै एक एप्स लञ्च भएको छ । उक्त एप्सको नाम ‘भिडियो पसल’ राखिएको छ। ओएसआर डिजिटलले यो अनलाईनको नयाँ एप्स सार्वजनिक गरेको हो । नेपाली चलचित्र हेर्नेकालागि ‘भिडियो पसल’को सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको जनाईएको छ। नेपालमा मात्र नभएर यो ‘भिडियो पसल’ अन्य देशहरुमा पनि उपलब्ध छ । </p><p style="text-align: justify; ">नेपालमा चलचित्र हेर्न सबैभन्दा चलाइने सामाजिक सञ्जाल युट्युब हो। तर युट्युबमा नयाँ नेपाली&nbsp;चलचित्र खास्सै राखिएको हुदैँन। हाल रकम तिरेर हलमा चलचित्र हेर्ने जाने प्रक्रिया हराउँदै गएको छ। चलचित्र बजारहरुमध्ये अनलाईन डिजिटलमा पनि विभिन्न तरिकाले चलचित्र हेर्ने परम्परा आइसकेको छ ।&nbsp;एक विज्ञप्ती जारी गर्दै ओएसआर डिजिटलले अन्तर्राष्ट्रिय बजारमा संचालन भईरहेको ‘भिडियो पसल’ एप्स नेपालमा संचालनमा आएको जनाएको हो। प्रबन्ध निर्देशक ओम अग्रवाल हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली चलचित्र क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन संचालनमा ल्याईएको बताईएको छ ।</p><p style="text-align: justify; ">मोबाईल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली चलचित्र हेर्न सकिनेछ । निर्माताहरुको लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ । यसबाट प्राप्त शेयर भन्ने निर्माण कम्पनी र निर्माता बीच आपसि सहमतिमा हुने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन् । ‘भिडियो पसल’बाट चलचित्र कपि हुने, डाउनलोड हुने र लिक हुनसक्ने संभाव्यता शुन्य भएको ओएसआर डिजिटलले जनाएको छ। हलमा प्रर्दशनकै दिन पनि ‘भिडियो पसल’मा चलचित्र प्रर्दशन गर्न सकिने योजना रहेको छ । तर, हाललाई प्रर्दशन भईसकेको चलचित्रलाई विश्वभरीका दर्शक समक्ष एकै पटम पुराउने लक्ष्यले ‘भिडियो पसल’ संचालनमा ल्याईएको हो। ‘भिडियो पसल’ मा न्युनतम शुल्क तिरेर नयाँ-नयाँ चलचित्रहरु हेर्न पाईनेछ । केही चलचित्रहरु भने निशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।</p>