‘भागवत गीता’ बनाउँन लागेकी झरना अनमोलको कारणले रोक्किइन्

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

युवास्टार अनमोल केसीले आफ्नै होम प्रोडक्सन 'सुपर काजोल फिल्म्स'को ब्यानरमा बन्न लागेको चलचित्र ‘एन्टी हिरो’मा दमदार इन्ट्री गर्ने सुरसार गर्दैछन्। यसअघि उनी अभिनित चलचित्र 'ए मेरो हजुर ३'ले सर्वाधिक ब्यापार गरेपछि उनले फेरी झरना थापाको निर्देशन रहने चलचित्र ‘भागवत गीता’मा अभिनय गर्ने चर्चा थियो। अनमोलले स्क्रिप्ट समेत पढेर भ्याइसकेका थिए । तर अनमोल ‘एन्टी हिरो’मा अनुबन्धित भएपछि निर्देशक झरना थापा र निर्माता सुनिलकुमारले ‘भागवत गीता’बाट हात झिकेका छन् । 'ए मेरो हजुर ३'मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएपछि उनीहरुले 'भागवत गीता'मा यो जोडीलाई दोहोर्याउन खोजेका थिए ।

झरनाले यसअघि सामाजिक संजालमा अनमोल र सुहानाको फोटो पोष्ट गर्दै क्यापसनमा 'भागवत गीता' लेखेर आफूले अर्को चलचित्र बनाउन लागेको जानकारी गराएकी थिइन् । यस चलचित्रकोलागि अनमोलको सकारात्मक बिचार रहेको थियो। तर अनमोलले सामाजिक संजालमार्फत आफ्नो चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेको जानकारी दिएपछि  झरना थापा भागवत गीताबाट तत्काल पन्छिएकी हुन् । अनमोलले अभिनय गरेमात्र झरना र सुनिलले 'भागवत गीता' बनाउने तयारी गरेका थिए।अब भने उनीहरु चलचित्र 'ए मेरो हजुर ४' बनाउँने तयारीमा रहेको निर्माता सुनिलकुमार थापाले बताएका छन् । उनका अनुसार चलचित्रमा मुख्य नायिकामा सुहाना थापा नै रहनेछिन् भने नायकको हाल टुङ्गो लागेको छैन। उनका अनुसार 'ए मेरो हजुर ४' आगामी बर्षको दशैँमा प्रदर्शनमा आउनेछ ।