ओस्कर अवार्डमा नेपाली फिल्मको माग

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस’ (ओस्कार) द्वारा प्रदान गरिने ओस्कर अवार्डमा नेपाली चलचित्रको माग गरिएको छ । अर्थात एकेडेमीले मापदण्ड पुगेको एक चलचित्रलाई प्रतियोगितामा पठाउन अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)लाई अनुरोधपत्र पठाएको हो । सोही अनुरुप समितिले आइतबार इच्छुक नेपाली चलचित्र निर्देशक र निर्मातालाई आफ्नो चलचित्र पठाउन आग्रह गरेको हो ।

प्रतियोगितामा भाग लिनको लागि यही भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्ममा समितिका सचिवसँग सम्पर्क गर्नु पर्नेछ । प्रतियोगितामा भाग लिन चाहने चलचित्र २०७५ असोज १५ गतेभन्दा पछि र २०७६ भदौ १३ गते भन्दा पहिला नै प्रदर्शन भइसकेको मौलिकता बोकेको हुनुपर्ने छ । ओस्कार अवार्ड २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा आयोजना हुँदैछ ।