फिल्म सुटिङ स्थलको फोटो आह्वान

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चलचित्र विकास बोर्डले प्रकाशन गर्न लागेको फोटोसहितको लोकेसन गाइड बुकका लागि चलचित्र छायांकन गन्तव्य स्थलहरुको फोटो तथा भिडियो आह्वान गरिएको छ । ‘छायांकनका लागि नेपाल कार्यक्रम’ अन्तर्गत बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटनलाई आकर्षित गर्न उक्त लोकेसन गाइड बुक प्रकाशन गर्न लागेको हो। लोकेसन गाइड बुकमा नेपालका छायांकनका लागि सम्भाव्य स्थलहरुको विस्तृत विवरण उल्लेख गरिने चलचित्र विकास बोर्डले विज्ञप्तिमार्फत जनाएको छ। बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जंगल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला सँस्कृति, वेशभूषा, रहनसहन, जस्ता नेपालमा रहेका आकर्षक तथा सम्भाव्य चलचित्र छायांकन स्थलहरूको फोटो तथा भिडियोहरु पठाउन सकिनेछ।’

इच्छुक व्यक्तिहरुले आगामी भदौ ३१ गतेभित्र फोटो तथा भिडियो सामग्री अनलाइनमार्फत अपलोड गर्न सकिने बोर्डले जानकारी दिएको छ। फोटो तथा भिडियो अपलोड गर्न चलचित्र विकास बोर्डको वेबसाइटको फोटो अपलोड सेक्सनमार्फत गर्नुपर्नेछ । सहभागिताका लागि सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचिएका फोटो र भिडियो पठाउन सकिने बोर्डले जनाएको छ। छनोटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ।