जोन र इमरानको ‘मुम्बई सागा’मा काजोलको इन्ट्रि

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘मुम्बई सागा’मा साउथ अभिनेत्री काजोल अग्रवालको इन्ट्रि भएको छ। अभिनेता जोन अव्राहम र इमरान हाश्मी मुख्य भूमिकामा रहेको एक्सन जनरामा निर्माण हुने चलचित्रको छायांकन मंगलबारदेखि सुरु भएको हो। मंगलबार केही एक्सन दृश्यमात्र खिचिएको चलचित्रमा आजबाट काजोलले पनि काम शुरु गर्ने भारतिय मिडियाले जानकारी दिएको छ।

बलिउडका सफल निर्देशक संजय गुप्ता ‘मुम्बई सागा’ निर्देशन गर्ने तयारीमा जुटिुसकेका छन् । यसअघिका उनी निर्देशित चलचित्र 'काविल’,'जज्बा',‘सुटवाउट एट वाडाला' जस्ता चलचित्र निकै हिट छन्। यस ग्याङस्टार चलचित्रमा शुरुमा काजोलले जोनको प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् भने पछि उनी जोनकै पत्नीको रुपमा देखिनेछिन्। ‘मुम्बई सागा’मा उनले १७ बर्षकी प्रेमिकादेखि ३० बर्षकी श्रीमतीको भूमिका निभाउने छिन् ।