कलाकार संघमा संग्रौलालाई हराउँदै बोगटी अध्यक्षमा निर्वाचित

...

ram keshar bogati, laya sanghraula,मंसिर २७, काठमाडौं ।  नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको संघ ‘नेपाल चलचित्र कलाकार संघ’को १४ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा बाट संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचन अन्तर्गत अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् । बोगटीले निकटतम प्रतिद्वन्द्वी लय संग्रौलालाई ७८ मतले पराजित गर्दै निर्वतमान महासचिव रहेका बोगटी बिजयी भएका हुन् । त्यस्तै अर्का प्रतिस्पर्धी बिशाल बिष्टको पक्षमा जम्मा १० मत पर्यो ।
hari bansha acharyaकाठमाण्डौको भृकुटिमण्डप स्थित नेपाल पुलिस क्लब भवनमा भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रामकेशर बोगटीले २३८ मत प्राप्त गरे । उनका प्रत्याशी लय संगौलाले १६० मत प्राप्त गरेका थिए । दुई उपाध्यक्ष पदमा रेजिना उप्रेती र शानुकुमार ताम्राकार बिजयी भएका छन् । रेजिनाले १८१ मत र ताम्राकारले २७७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी मनोज केसीले दुबैलाई भेट्टाउन सकेनन् ।

madan krishna shresthaमहासचिव पदमा सरिता लामिछानेले २२५ मत प्राप्त गर्दै गर्दा उनका प्रतिस्पर्धी कृष्ण ढुंगानाले १७१ मत प्राप्त गरे । सचिव पदमा चेत बहादुर सिंहले १९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संजय खतिवडाले १८८ मत ल्याएपनि जित्न भने सकेनन् ।

कोषाध्यक्ष पदमा विमला केसीले २०४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिद्धन्द्धी आकाश खवासले १९० मत प्राप्त गरे । सह कोषाध्यक्ष पदमा नायिका नन्दिता केसी निर्विरोध विजयी भइन् ।

nandita kcत्यस्तै १० जना निर्वाचित सदस्यतर्फ गजित बिष्टले सर्वाधिक २८७ मत ल्याए । यो मत कार्यसमितिका सबै पदाधिकारीको भन्दा बढी हो । अन्य ९ सदस्यतर्फ शिवहरी पौड्यालले २५८, सविन श्रेष्ठले २४२, देविराम पराजुलीले २२८, अशिष्मा नकर्मीले २२६, विष्णुप्रसाद सापकोटाले २००, कविता गेलाल शर्माले १८८, शिवहरी नेपाल बैरागीले १७१ मत ल्याए भने सुनिल कटुवाल र धनबहादुर बमजमको समान १६३ मत आएपछि गोलाप्रथाबाट बमजमलाई बिजयी घोषणा गरियो । सह कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी निर्विरोध निर्वाचित भइन् ।
kedar ghimire - magne buda

nepali filmy artists