‘मिष्टर वल्र्ड’मा पुगेर स्वदेश फर्किए अक्षय

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

‘मिष्टर वल्र्ड २०१९’का लागी नेपालको तर्फबाट प्रतिनिधि गरेका अक्षय रायमाझी बुधबार राती स्वदेश फर्किएका छन्। ६० बढी राष्ट्रका प्रतिनिधीलाई पछि पर्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याएका छन् । फिलिपिन्सको मनिलामा केही दिन पहिले सम्पन्न प्रतियोगितामा सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत नेपालको परिचान झल्कने भिडियो समेत उनले प्रस्तुत गरेका थिए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो ।अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रतियोगितामा देखाएका थिए ।

उनको नाच धेरैले रुचाएको उनले बताए।‘शिर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’ उनले खुसी हुँदै भने ‘नेपालको लागि यो पनि खुसीको कुरो हो ।’ बिश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२०को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए ।अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो । अक्षयलाई इयरपोटमा स्वागत गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत पुगेका थिए।