हलमा ‘मारुनी’सँगै ‘साहो’ प्रर्दशनमा

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

शुक्रबार तीजको छेको पारेर चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ। ‘मारुनी’लाई टक्कर दिने आज अन्य कुनै नेपाली चलचित्र छैनन्। तर साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ आजै शुक्रबारबाट प्रदर्शनमा आएको छ। ‘मारुनी’ले चलचित्र ‘साहो’सँग भिड्ने साहस गरेको छ। मल्टीप्लेक्सहरुबाट ‘साहो’ले अहिलेसम्मकै सर्वाधिक सोज पाएसँगै ‘मारुनी’ले अत्यन्त न्यून सोज पाएको छ। मल्टीप्लेक्समा ‘मारुनी’को तुलानामा ‘साहो’ले पाँचै गुणा बढी सोज पाएको देखिएको छ।मल्टिप्लेक्सको बिग मुभिजमा ‘साहो’लाई १२ शोज दिइएको छ भने ‘मारुनी’लाई ३ शोज मात्र दिएको छ। एफक्युबमा ‘साहो’ले १३ सोज पाउँदा ‘मारुनी’ले २ सोज पाएको छ। क्यूज सिनेमाले साहोलाई १० शो दिएको छ भने मारुनीलाई १ सो मात्र दिइएको छ भने सिडिसी सुन्धाराले ‘मारुनी’लाई जम्मा १ शो दिएको छ र साहोले ९ सोज  दिएको छ। यो संख्यामा अन्य कुनै विदेशी चलचित्रले यति मात्रामा सोज पाएका थिएनन् । ‘मारुनी’ले ‘साहो’सँग भिड्ने साहस गरेसँगै ‘साहो’मै भासिने कनर्फम भनइसकेको छ। त्यसैगरी ‘मारुनी’ लाई क्युएफएक्स चेनले मोफसल र राजधानी गरि १३ सोज बाँडेको छ भने ‘साहो’लाई भने ६१ सोज  बाँडेको छ।

चलचित्र ‘मारुनी’मार्फत अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का पहिलो पटक एकसाथ पर्दामा देखिदैछन्। नवल नेपालले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी, पुष्प खड्कासँगै रेविका गुरुङको मुख्य भुमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन्।

बलिउड चलचित्र साहोमा प्रभाष र श्रद्धा कपूरको मुख्य भुमिका रहेको छ। साउथ सुपरस्टारर प्रभासको पहिलो बलिउड चलचित्र हेर्न दर्शक निकै उत्साहित देखिएका छन्। नेपालमा पनि साहो हेर्न उत्तिकै दर्शकहरु उत्साहित छन् । चलचित्रमा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन्। यस एक स्पाय थ्रिलर चलचित्रमा अभिनेत्री श्रद्दा कपूरले प्रभाससँग रोमान्स गरेकी छिन्।साहो तमिल, तेलुगू र हिन्दी भाषा सहित प्रर्दशनमा आएको छ ।