कमेडीले भरिएको ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

बडा दशैँको छेको पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ। बर्षकै बहुप्रतिक्षीत चलचित्रमध्ये यो चलचित्रको ट्रेलर कमेडीले भरिपुर्ण छ। रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी कबड्डी कबड्डी’ स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित छ।

यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्। बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रिश्मा गुरुङ, कविता आले, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की, लुनिभा तुलाधर, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। निमेश श्रेष्ठले सम्पादन गरिरहेका चलचित्र शैलेन्द्र डि.कार्कीले खिचेका हुन्।

Trailer: