कलाकारलाई प्रश्नः तीजमा ब्रत बस्नु हुन्छ ?

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

आज नेपाली नारीहरुले महानपर्व तीज । बिहानैदेखी कतिपय महिलाहरुले पानी पनि नखाई ब्रत बस्ने गर्छन् । कतिपयले आफ्नो पतिको स्वास्थ्य राम्रो होस् भनि ब्रत बसेको बताउँछन् त कतिले आफूमा सकारात्मक सोचको बिकास हुने भएकाले ब्रत बस्ने गरेको बताउँछन् । यसका साथै पहिल्यै देखी चलिआएको यो चलन नेपाली महिला कलाकारहरुले पनि पछ्याउँदै आएका छन् ।

अधिकांश महिला कलाकारहरु तीजको दिन ब्रत बस्ने गर्छन् । कतिपय कलाकारहरु भने अहिलेसम्म ब्रत बस्ने गर्दैनन् यसका साथै केहि महिला कलाकारहरुले आफ्नो तीज बिशेष केहि कुरा सेयर गरेका छन् ।

नियमित ब्रत बस्छु

हर्षिका श्रेष्ठ/ नायिका

मलाई तीज होस् या अन्य चाडपर्व होस् पहिल्यै देखी चलिआएको चलन भएर होला ब्रत, धर्ममा आस्था लाग्छ । त्यसैले ब्रत बस्ने जाडबाडहरुमा नियमित ब्रत बस्नेगर्छु । यसबर्षको तीजमा आज ब्रत बसेर मनाउँदैछु । यसपटकको तीज भने मेरो मामा घर बिराटनगरमा मनाइरहेकी छु । किनकी धनकुटाको दुईदिनको कार्यक्रमले यतैतिर छु । सम्पुर्ण महिला दिदीबहिनीहरुलाई हाँसी खुसी तीज मनाउनु होला भन्न चाहान्छु । साथै सम्पुर्णमा तीजको शुभकामना ।

पानी नखाई बस्न सक्दिन

अनु शाह/ नायिका

पहिल्यै देखी चलिआएको परम्परा हो । मलाई पनि ब्रत बस्न मन लाग्छ । बिहे नभएकाहरुले राम्रो श्रीमान पाइयोस् र श्रीमान भएका नारीहरुले श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने भन्ने चलन छ यसैलाई मध्येननजगर गर्दै म पनि यसपालीको तीजमा ब्रत बस्छु । तर कोहि महिला दिदी बहिनीहरुले पानी पनि नखाई ब्रत बस्नुहुन्छ मैले त्यसरी सक्दिन । पानी र केहि फलफूल चाँही खाने गर्छु । साथै साथीहरुसँग नाँचगान रमाइलो गरेर यसपालीको तीज मनाउने तयारीमा छु ।

ब्यस्तताले बस्न पाउँदिन

प्रिती आले/ गायिका

मलाई तीजमा ब्रत बस्नुपर्छ भन्ने आस्था चाँही छ । सबै दिदी बहिनीहरुलाई आफ्नो स्वास्थ्य अवस्था अनुसार ब्रत बस्नु आग्रह पनि गर्ने गर्छु । तर मेरो कुरा गर्दा पछिल्लो समय अत्यधिक ब्यस्त भएकाले ब्रत बस्न निकै गाह्रो हुन्छ । बिभिन्न तीजका कार्यक्रममा पनि पुग्नुपर्ने हुन्छ त्यसैले तीजमा केहि नखाई बस्दा गाह्रो हुने भएकाले ब्रत बस्न छाडेकी हुँ । अहिले म अस्ट्रेलियामा साँगीतिक कार्यक्रममा लागी आएकी छु । त्यसैले घरपरिवारसँग मनाउन नपाएपनि यहाँ रहनुभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसँग तीज मनाउने तयारीमा छु ।

विश्वास गर्छु, ब्रत बस्दिन

आँचल शर्मा/ नायिका

मैले तीजमा ब्रत बस्ने गर्दिन । किनकी तीजमा भोकभोकै ब्रत बसेर उपलब्धि हुन्छ जस्तो लाग्दैन । बरु समयमा खाएर आस्था राख्नु राम्रो कुरा हो जस्तो लाग्छ । पहिला देखी चलिआएको चलन हो धेरै महिला दिदीबहिनीहरु बस्नुहुन्छ तर मेरो ब्यक्तिगत कुरा गर्दा नसकि नसकि ब्रत बस्नु हुँदैन । यसबर्षको तीजको कुरा गर्दा तीजको दिनमै मेरो परिक्षा छ त्यसैले धेरै रमाइलो गर्न पाउँदिन । पछिल्लो समय काम र पढाईको ब्यस्तताले गर्दा पनि साथीभाईसँग नाँचगानमा रमाइलो गर्न पाइदैन ।

मौका मिलेकै छैन

सहिमा श्रेष्ठ/ गायिका

मैले अहिलेसम्म तीजमा ब्रत बसेकी छैन तर ब्रत बसेको मन पर्छ । तीजकै दिनमा पनि बिभिन्न कार्यक्रममा पुग्नुपर्ने भएकाले ब्रत बस्ने मौका मिलेको छैन । अर्को कुरा नेवाली समुदायमा खासै ब्रत बसेको पाइदैन त्यसैले पनि यो कुराको दबाव अथवा बढी रहर जागेन । अहिलेपनि तीज कार्यक्रमकै लागी स्विजरल्याण्डमा छु । आइतबार दर खाने कार्यक्रम छ । यसपालीको तीज यहिँ स्विजरल्याण्डमै रहनुभएका नेपाली दिदीबहिनीहरुसँग मनाउने छु ।

(यो सामाग्री आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)