‘लार्जो विन्च’ निर्देशक: ‘सही ढंगले कपि गर्न नजानेपछि ‘साहो’ खराब बन्यो’

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘साहो’ले बक्सअफिसमा आक्रमक ब्यापार गरिरहेको छ । भारतिय मिडियाका अनुसार ‘साहो’ले आइतबारकै मात्र व्यापार ‘कबीर सिंह’, ‘मिशन मगंल’र ‘भारत’को व्यापारलाई पछाडि पार्दै रेर्कड बनाएको छ। आइतबार मात्रै चलचित्रले ३० करोडको व्यापार गरेको थियो। रिलिज भएको दिन शुक्रवार चलचित्रले  हिन्दी संस्करणमा २४ करोड कमाएको थियो भने दोश्रो दिन शनिबार २५ करोड भारू कमाइ गरेको थियो। ३५० करोडमा बनेको चलचित्रले दुई दिनमै विश्वव्यापी रूपमा २ सय ९४ करोड भारू कमाइ गरेको छ।

यस्तैमा हिन्दी संस्करणमै मात्र चलचित्रले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको भारतिय मिडियाले जनाएको छ। बक्सअफिसमा आक्रमक ब्यापार गरेपनि यस चलचित्रको रिभ्यू भने खासै राम्रो छैन। चलचित्रलाई समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छैन । प्रर्दशनकै दिन समिक्षकहरुले चलचित्रले निराश बनाएको भन्दै ट्वीट गरेका थिए। भ्रामक कथा, झुर गीत संगित भन्दै समिक्षकहरुले ट्वीट गरेपछि अडियन्सले समेत उक्त ट्वीटमा सहमति जनाउँदै प्रतिक्रिया दिएका थिए ।

अहिले फेरी ‘साहो’ले अर्को आलोचना खप्न परेको छ। यसो चलचित्रले हलिउडको  हिट चलचित्र ‘लार्जो विन्च’को गरेको आरोप लागेको छ। यसबारे हाल सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ। चलचित्र हजारौंले कपि गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि ‘लार्जो विन्च’मा निर्देशक जरोम सलेले निःशुल्क निर्माण गरिएको साहो निकै खराब बनेको बताए। चलचित्र कपि गरेपनि सही ढंगले गर्न नजानेको भन्दै जरोमले हजारौं अडियन्सको पोष्टमा उनले प्रतिक्रिया दिएका छन्। ‘लार्जो विन्च’ले यो भन्दा अगाडि त्रिविक्रम श्रीनिवासमाथि जरोमले आफ्नो चलचित्र पुरै कपि गरेको आरोप लगाएका थिए। पवन कल्याण स्टारर उक्त चलचित्र टीम सँग सम्पर्क गर्न खोजेका थिए तर सफल नभएपछि उनले चलचित्र पुरै कपि गरेको भन्दै ट्वीट गरेका थिए ।