चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र विकाश बोर्ड र मानवअधिकार चलचित्र केन्द्रले नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना गर्ने भएको छ । यही भदौ २६, २७ र २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने बताइएको छ । कार्यक्रममा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल हुने बताइयो । कार्यक्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रम सँयोजक अनुप सुवेदीको अनुसार सो अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ । सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ।

‘यो कन्फरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासो भित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं। नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलो पटक यस्तो कन्फरेन्स हुँदैछ।’ बिज्ञप्तिमा उल्लेख छ ।‘चलचित्रको गुणस्तर बढाउन यो विधाको महत्व, प्रभाव स्थापित गर्दै चलचित्रको अध्ययन अनुसन्धान, प्राध्यापन र लेखनमा संलग्न बौद्धिक समुदाय र सबै विधामा कार्यरत चलचित्रकर्मीका बीचमा यस कन्फरेनसमा विमर्श हुनेछ। यस्तो विमर्शले चलचित्रमा चित्रण गरिने विभिन्न विषय, दृष्टिकोण, विचार, प्रस्तुतिकरण आदिले आम मानिसमा पार्ने प्रभावको अध्ययन, अनुसन्धान र त्यसका बारेमा हुने छलफलले परिपक्व र कलात्मक चलचित्र निर्माणको वातावरण बनाउन सहयोग पुग्नेछ।’ बिज्ञप्तिमा अगाडि लेखिएको छ।