हलिउड ‘ट्रान्सपोर्टर’को रिमेकमा जोन अब्राहम

मुम्बई,एजेन्सी ।

अहिले बलिउड नायक जोन अब्राहम अभिनित चलचित्र एकपछि अर्को गर्दै प्रर्दशनमा आइरहेका छन्। पछिल्लो समय उनको चलचित्र 'वाट्ला हाउस'ले निकै दर्शकलाई हलसम्म तानेको थियो।'वाट्ला हाउस'मा उनी एक पुलिस अफिसरको भूमिकामा रहेका छन्। चलचित्रमा उनको दमदार एक्शनलाई दर्शकले निकै मनपराएका थिए। अहिलेपनि चलचित्र छायांकनमा निकै व्यस्त रहेका छन्  जोन अब्राहम। यसबर्ष प्रर्दशनमा आएका उनको सबैजसो चलचित्र सफल भइरहेका छन्। उनको अभिनय रहने केही चलचित्र प्रर्दशनको तयारीमा रहेका छन् ।

जोनले अब हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्न लागेका छन्। चलचित्र मेकर्स र जोनबीच सम्झौता भइसकेको भारतिय मिडियाले जनाएको छ। ‘टान्सपोर्टर’मा मुख्य भूमिकामा रहेका हलिउड अभिनेता जासोन स्ताथामको ठाउँमा रिमेकमा जोन रहने छन् । पहिले देखिनै केही इन्टरभ्यूमा उनले ‘टान्सपोर्टर’को रिमेक बन्ने भएमा मुख्य भूमिकामा काम गर्ने इच्छा रहेको बताउँदै आएका थिए। अब इच्छा पुरा हुने भएपछि यस चलचित्रकालागि उनी हात धोएर लागि पर्ने तयारीमा रहेका छन्। भारतका केही मिडियासँग उनले हाल चलचित्रकाबारेमा धेरै बोल्न नमिल्ने बताउँदै उनले आफूलाई यस चलचित्रबाट अफर आएको र अभिनय गर्न पाएकोमा निकै खुशी भएको बताए।