‘हात समाइदेऊ’ भन्दै टुइन्स ब्वाइजसँग बिनुको रोमान्स(भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बेलि डान्सर बिनु शाक्य र जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहालको नृत्य रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । रामकृष्ण ढकाल र मिना निरौलाको स्वरमा रहेको ‘हात समाइदेऊ’बोलको गीतमा माया राईको शब्द छन् भने श्री कृष्ण बम मल्लले संगीत दिएका छन् । गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन तथा सम्पादन छ । भिडियो अजय रेग्मीले खिचेका हुन् । पछिल्लो समय टुइन्स गर्ल र ब्वाइजको ग्रुपका म्युजीक भिडियोलाई दर्शकले बढी रुचाएको पाइन्छ। दुईजनाको शारिरीक बनावट र अनुहार उस्तै हुनेभएकाले हेर्दा दर्शकले फरक महसुस गर्छन्  ।

यस्तै अमर र अमृत दाहालले पनि पछिल्लो समय म्युजीक भिडियोको अफर पाउन थालेका छन् । उनीहरु टिकटक एप्सबाट बढी चर्चामा रहेका हुन् । यस्तै बेली डान्सरको रुपमा परिचित बिनुले पनि थुप्रै म्युजीक भिडियोमा काम गरिसकेकी छिन्।सबैजसो नृत्य गर्ने बिनुलाई बेली डान्सरकै रुपमा धेरै दर्शकले चिन्ने गर्छन् ।

song