निर्देशक निश्चल बस्नेतको इन्गेजमेन्ट, बिवाह फागुन ५ मा हुने

...

nischal basnet engagement मंसिर २८, काठमाडौं । निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । सोमबार बस्नेतले चलचित्र ‘होस्टेल रिटर्न्स’की नायिका स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका हुन् ।

आफ्नो विवाहको कुरा बारे खासै नबोलेका निर्देशक बस्नेतले यो भन्दा अघि कसैसँग आफ्नो प्रेम रहेको तर को सँग रहेको भन्ने बारे खुलाएका थिएनन् । सोमबार उनको इन्गेजमेन्ट पछि मात्र उनका फ्यानहरुले उनलाई बधाई समेत दिएका छन् । उनको फागुन ५ गते विवाह हुँदैछ । ३४ बर्षिय निश्चलले आफु भन्दा १४ बर्ष कान्छि स्वस्तिमा सँग बिहे गर्ने निर्णय गरेका हुन् ।

-photo by ubika shreshtha’s facebook