‘सम्हाली राख है’को पोष्टर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्र ‘सम्हाली राख है’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन्। श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा आरएल मोक्तानको निर्देशन रहेको छ। चलचित्रमा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली,आरोही बस्नेत, स्नेहशा कार्की,अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ। यस्तै बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन्। सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको चलचित्र दशै र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ। निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन्। काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन्। चलचित्र सबै नेपालीले एकपटक हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए। युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ निर्माण भएको फिल्म कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत दिने निर्माता हरिकृष्ण महर्जनले बताए।