प्रदीप र साम्राज्ञी एकसाथ पर्दामा?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बर्षअघि हेमराज वीसीको निर्देशनमा बन्ने भनिएको प्रेमकथामा आधारित चलचित्रमा नेपाली चलचित्र क्षेत्रका दुई होनाहार कलाकार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी र अभिनेता प्रदिप खड्का एकसाथ स्क्रिनमा देखिने चर्चा थियो ।दुई कलाकारले चलचित्र साइन पनि गरिसकेका थिए। तर उक्त चलचित्र बन्न भने सकेन, बिचमै रोकयो। त्यसबखत ‘दि ब्रेकअप’ निर्देशन गरेका हेमराज बिसी ‘दि ब्रेकअप’असफल भएपछि ‘घामड शेरे’तिर लागेका थिए ।

यतिबेला साम्राज्ञी र प्रदिप आ-आफ्नो चलचित्रमा ब्यस्त छन्। भर्खरै साम्राज्ञीले ‘रातो टिका निधारमा’को छायांकन सकिन् भने प्रदिप चलचित्र ‘प्रेमगीत ३’को तयारीमा छन्। नेपाली चलचित्र बजारमा यि दई जनाको निकै चर्चा भएका कारण उक्त हेमराज वीसीको निर्देशनमा बन्ने चलचित्रले फेरी निर्माणलाई अघि बढाउँछ या बढाउँदैन भन्ने सिने क्षेत्रमा गम्भिर बिषय बनेको थियो। अब भने यो प्रोजेक्ट अगाडि बढ्ने बताइएको छ। शनिबार निर्माण टीम र कलाकारविच प्रोजेक्टको बिषयमा कुरा गर्दै चलचित्रको काम अगाडि बढ्ने भएको हो। बताइएअनुसार पुरानो स्क्रिप्ट बदर गर्दै अब चलचित्रको स्क्रिप्ट नयाँ बन्ने छ।

अभिनेता प्रदिपले ‘प्रेमगीत ३’को काम सकेपछि यो चलचित्रको छायांकनमा लाग्ने बताएका छन् भने साम्राज्ञीले अन्य राम्रो स्क्रिप्टबाट अफर नआए यस चलचित्रमा काम गर्ने बताएकी छिन्। उनले अन्य राम्रो कथामा अफर आएको खण्डमा भने अरुनै चलचित्र गर्ने प्रष्ट पारेकी छिन्। यी दुई एकसाथ पर्दामा आउँदा चलचित्रले कस्तो व्यापार गर्ला? दुई कलकारको डिमान्ड अनुसार चलचित्रले राम्रो ब्यापार गर्ने अनुमान गर्न सकिन्छ। साथै दर्शकहरुको प्रदिप र साम्राज्ञीलाई स्क्रिनमा एकसाथमा देख्ने इच्छा पुरा हुने भएको छ।