बिश्वकै उत्कृष्ट सयमा अनुरागको ‘ग्याङ्स अफ वासेपुर’

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र 'ग्याङ्स् अफ वासेपुर' बिश्वकै उत्कृष्ट सय चलचित्र भित्रपर्न सफल भएको छ। यो बलिउडको एक मात्र चलचित्र हो जुन बिश्वकै उत्कृष्ट सय चलचित्रभित्र पर्न सफल भएको छ। अनुराग कश्यप निर्देशित उक्त चलचित्र चर्चित बेलायती पत्रिका 'द गार्डियन'को २१ औं शताब्दीको उत्कष्ट चलचित्रको सूचिमा परेको हो।

केही दिन पहिले कश्यपले आफ्नो इन्स्टाग्राममार्फत आफ्नो चलचित्र यस सूचिको ५९ औं नम्बरमा परेको घोषणा गरेका हुन्। यस चलचित्रमा चर्चित अभिनेता नवाजुद्दिन सिद्दिकीको प्रमुख भुमिका रहेको छ । उनको अलवा चलचित्रमा जैसन काद्दरी, रिमा सेन, मनोज बजपाई, रिचा चाड्डा, हुमा कुरेसी,पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ।