‘घामट शेरे’पोष्टर: निश्चल मात्र अटाए

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर / भदौ, काठमाडौं ।&nbsp;</span></pre><p>कलाकार एवम निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमाको प्रमुख भूमिका रहेको चलचित्र ‘घामट शेरे’को फस्टलुक पोष्टरमा सार्वजनिक गरिएको छ । यसअघि यि रियल जोडीले बिभिन्न म्युजिक भिडियो र चलचित्रको गीतमा एकसाथ अभिनय गरिसकेका छन् । चलचित्रमा भने पहिलो पटक उनीहरुले स्क्रिन सेयर गर्दैछन् ।&nbsp;</p><p>हेमराज विसीको निर्देशन रहेको यस चलचित्रको पोष्टरमा मुख्य कलाकार निश्चल बस्नेत मात्र देखिएका छन् । चलचित्रमा अभिनय गरेकी नायिका स्वस्तिमा खड्कालाई भने सार्वजनिक पोष्टरमा देखाइएको छैन। विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चलसँगै स्वस्तिमा खड्का,सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ। आउँदो कात्तिकको ८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने 'घामट शेरे' नरेन्द्र मैनालीले खिचेका हुन्।&nbsp;</p>