अभिनेत्री निशा अधिकारी अब निर्देशनमा पनी

...

nisha-adhikariमंसिर २९, काठमाडौं । अभिनेत्री निशा अधिकारी अब निर्देशनमा पनि उत्रिएकी छिन् । नेपाली फिल्मी क्षेत्रमा अभिनेत्रीको रुपमा रहदै आएकी निशाले अब निर्देशनको काम पनि गर्ने छिन् । निशाले न्युयोर्क फिल्म एकेडेमीबाट ६ महिना निर्देशनको कोर्स गरेर आएकी हुन् । सिके लगत्तै आफुले निर्देशनमा बिभिन्न नयाँ टेक्निक सिकेको भन्दै म्युजीक भिडियोमा हात हालेकी हुन् । उनले म्युजीक भिडियो हुँदै लघु फिल्म र फिचर फिल्मको निर्देशन गर्ने लक्ष्य बनाएको बताइन् ।

निशाले यसै साता आफ्नो निर्देशनमा ‘बियोन्ड’ नामक एल्बममा समावेश हुने म्युजिक भिडियोको सुटिङ सकाएकी छन् । निशाले निर्देशन गरेको म्युजिक भिडियोमा नायक गजित विष्ट र नायिका मेनुका प्रधानको अभिनय रहेको छ । ‘जलेर खरानी भएँ, ‘जलाउने तिमी’ बोलको गितमा शिव परियारको स्वर रहेको छ । उक्त गितको भिडियो छिट्टैनै सार्वजनिक गरीने बताइन् ।