भूवनको चित्तबुझ्ने रकममा ‘एन्टी हिरो’को ओभरसिज राइट्स बिक्री

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

तिहारपछि छायांकन शुरु हुने चलचित्र ‘एन्टी हिरो’को ओभरसिज राइट्स बिक्री गरिएको छ। यस चलचित्रका निर्माता अर्थात खलनायक भूवन केसीले जापानको सूर्य कर्पोरेशनलाई चलचित्रको ओभरसिज राइट्स बेचेका हुन्। ओभरसिज राइट्सका लागि चलचित्रका निर्माता भूवन केसी र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेविच बुधबार सहमतीमा हस्ताक्षर भएको श्रोतले दाबी गरेको छ। भूवनले चित्त बुझ्ने रकममा चलचित्रको बिदेश राइट्स बिक्री गरेको बताएका छन्। तर उनले रकम भने तोक्न चाहेनन्। ‘एन्टी हिरो’ छायांकन अगाडीनै नाफामा जाने छाँटकाँट देखिएको छ। काजोल फिल्म्सको व्यानरमा निर्माण हुने नयाँ चलचित्रलाई काठमाण्डौ भित्र र बाहिर ‘एमजी’ पनि दिइएको छ ।

चलचित्रमा नायका अनमोल केसी र भूवन केसीको मुख्य भूमिका हुने पक्का भइसकेको छ भने नायिकाको खोजी भैरहेको छ। केही समयअघि चलचित्रमा नायिका जसिता गुरुङ्ग मुख्य भूमिकामा रहने पक्का भएको समाचार बाहिरिएको थियो । तर भुवनले चलचित्रकालागि अहिले सम्म कोही नायिका फाइनल नभएको जानकारी दिएका छन् । बाहिरिएका सम्पूर्ण समाचार झुटो भएको उनले बताएका छन्।