हलमा ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

आज असोज तीन शुक्रवार अर्थात संबिधान दिवसको अवसरमा यसबर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ। राष्ट्रिय चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्रको यस अघिका दुई सिरिज नै हिट भएकाले पनि यस सिरिजलाई बिशेष तरिकाले हेरिएको छ। दर्शकले पनि तेस्रो सिरिजबाट ठूलो आशा गरेका छन् ।

गएको जेठमा प्रदर्शन भएको ‘जात्रै जात्रा’ चलचित्र पछि हलमा दर्शक ओइरिने चलचित्र कुनै आउन सकेका थिएनन् । ‘कबड्डी कबड्डी कबड्डी’ बाट हलवालाहरुले पनि ठूलो अपेक्षा गरेका छन् । त्यसैले पनि क्युएफएक्स सिनेमानजले  काठमाडौंमा ३७ शो दिएको छ । यसअघिका चलचित्रहलको नजरमा यो अत्यधिक शो हो ।

यस्तै क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ शो दिएको छ । चलचित्रको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ। रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय छ। चलचित्रमा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यससँगै एक बलिउड चलचित्र ‘द जोया फ्याक्टर’ र एक हलिउड चलचित्र र्याम्बो लास्ट ब्लड’ पनि नेपालमा प्रदर्शनमा आएका छन् । ‘द जोया फ्याक्टर’ लाई क्युएफएक्सले आजका लागी ११ शो दिएको छ ।