अस्ट्रेलियामा ‘बाटो मुनिको फुल-२’ को पर्दशनीको तयारी अन्तिम चरणमा

...

yes kumar in australiaपुस २, पोखरा । अस्ट्रेलिया को बिरीसबेन मा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘बाटो मुनिको फुल-२’ को कार्यक्रम अन्तिम चरण मा पुगेको छ । नेपाली कलाकारीता उत्थानका लागि गरिएको उक्त कार्यक्रम यही डिसेम्बर १८ तारिक शुक्रबार हुँदैछ । उक्त कार्यक्रम का लागि नेपाल बाट चलचित्र बाटो मुनिका टिमहरु अस्ट्रेलिया पुगिसकेका छन ।

नेपालका चर्चित कलाकार गायक एवम नायक यश कुमार सहितका टोली हरु अस्ट्रेलिया पुगेका हुन् । नेपाली कलाले अन्तर्रास्ट्रिय मुल्य मान्यता पाउनु पर्छ भन्ने उद्देश्यका साथमा उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा लोकदोहोरी गायक पूर्ण परियारले बताए । चलचित्र ‘बाटो मुनिको फुल-२’ हेर्नुको साथै दर्शकले यश कुमार का चर्चित गीतहरु पनि लाइभ सुन्न पाउनेछन । उक्त कार्यक्र्म कार्यक्रम संयोजक लोक्दोहोरी गायक पूर्ण परीयारले पनि आफ्नो प्रस्तुती राख्ने छन् ।

सुबर्ण थापाको निर्देशनमा तयार भ्एको चल्चित्र अहिले अस्ट्रेलियाको विभिन्न शहरमा अहिले प्रदर्शन हुँदैछ ।

-सन्तोष बस्याल बाट