‘पोइ पर्‍यो काले’मा कस्को जोडी को ?

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

तिहारको मौका छोपेर कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र एक ‘पोइ पर्‍यो काले’को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टीमले केही दिनदेखि एउटा-एउटा गर्दै चलचित्रको नयाँ-नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन्। अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले स्क्रिन सेयर गरेको कारण यस चलचित्रप्रति दर्शकको व्यापक प्रतिक्षा रहेको छ। बर्षकै प्रतिक्षित मध्येको यो एक चलचित्रमा पूजा र सौगातसँगै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको पनि प्रमुख भूमिका छ। हालै सार्वजनिक गरिएको यि दुई पोस्टरले भने दर्शकलाई अन्योलमा पारेको छ। एक पोस्टरमा आकाश, श्रृष्टि, सौगात र पूजा सबैलाई दुलहा-दुलहीको भेषमा देख्न सकिन्छ भने अर्को पोस्टरमा सौगातले श्रृष्टि र आकाशले पूजाको हात समातेको देख्न सकिन्छ। अनि कसको जोडी को ? भन्ने बिषयमा दर्शक अन्योलमा छन् भने निर्माण टीम चुप छन् । जोडी पत्ता लगाउन भएपनि चलचित्रले दर्शक हलसम्म तान्ने देखिन्छ। यससँगै चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा लाल बहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन, र शिब ढकालको छायाँकन रहेको छ। पोस्टरमा देखिएका यि चार कलाकारको अलवा चलचित्रमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयंको अभिनय रहेको छ। सुरक्षा पन्त भने चलचित्रमा अतिथि भूमिकामा देखिने छिन्।