नवलपुरको एकमात्र फिल्महलः सिट क्षमता ३३०, दर्शक ५०० बढी

आर्टिष्ट खबर/ असोज, कावासोती ।

नवलपरासीको नवलपुर (सुस्ता पुर्व)मा रहेको एकमात्र फिल्म हल गणपती चलचित्र मन्दिरमा क्षमता सिट भन्दा १ सय ७० दर्शक बढी राखेर चलचित्र प्रदर्शन भइरहेको छ ।कावासोती नगरपालिका ३ अवस्थित उक्त निकै पुरानोहलमा नवलपरासीको पहाडि भेगबुलिङटार रबुदींकाली गाउँपालिका देखीपश्चिम तर्फ दुम्किबास, अरुणखोला र पश्चिमतर्फ रजहरदेखीनै फिल्म हेर्न आउने गर्छन् ।

गणपती चलचित्र मन्दिरका सञ्चालक भरत मल्लका अनुसार लामो बाटो देखी फिल्म हेर्नकै लागी आउने दर्शक जसरी पनि फिल्म हेरेर जाने भनेपछि आफूहरुले सिटबाहिरै बसेर पनि हेर्न दिएको बताउँछन् ।उनले दर्शकको खुसी बमोजिम मुढा, गुन्द्रि, टुलमा बसेर फिल्म प्रदर्शन गरिरहेको बताउँछन् ।भरत भन्छन् ‘बर्षमा एकपटकमात्र फिल्म हेर्ने दर्शक पनि धेरै छन्, त्यस्ता दर्शक हलसम्म आइसकेपछि फर्किन चाहान्नन्, भुँइमै बसेर हेर्छौ भन्छन् ।’

गएको शुक्रबार (असोज २४) बाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन पनि दर्शकको चाप बढेको हल सञ्चालक भरत बताउँछन् ।प्राय दिनमा एक शो मात्र प्रदर्शन हुने उक्त हलमा अहिले दुई शो सम्म प्रदर्शन भइरहेको छ ।दिउँसो १२  र ३ बजेसको शोमा यसरीनै दर्शकको चाप बढेको भरत बताउँछन् ।यसरी दर्शकको चाप भने बर्षमा एक, दुई पटक मात्र हुने र कुनै समय हलमा २० जना दर्शक मात्रै हुने गरेको पनि उनी सुनाउँछन् ।