‘घामड शेरे’ ट्रेलरः निश्चल–स्वस्तिमा साली भेना

...
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक सँगै काम गरेको चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशीत यो चलचित्रमा निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन् । उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन् । तर, विदेशमा कमाएको पैसाले किनेको जग्गा खोलाले बगाएपछि घामड पात्रले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । चलचित्रमा उनको सालीको भूमिका अभिनेत्री स्वस्तिमाले निभाएकी छन् । 

कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको यो चलचित्रमा गौरी मल्लको अतिथी भूमिका रहेको छ । यस्तै बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्र नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ । निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा लेखेका हुन् । सिमोस सुनुवारको लागानी रहेको यो चलचित्र आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

Trailer: