‘प्रेम संसार’को सुन सुन चम्पा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘प्रेम संसार’ को लोक शैलीको ‘सुन सुन चम्पा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

राम गौतम निर्देशीत यो चलचित्रको उक्त गीतको भिडियोमा ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै चलचित्रका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका दाहालले नृत्य गरेका छन् । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ । गीतमा नृत्य गरेकी कविताले चलचित्रमा भने अभिनय छैन । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको कोरियोग्राफर एकेन्द्र सारा संसार हुन् । यस गीत चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गौतमले जानकारी दिए । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रमा प्रेम र मोनिकासँगै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, चलचित्रका निर्माता पनि उनी नै हुन् । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । चलचित्रमा शंखर महर्जनको एक्सन छ ।

Video: