नवलपुरमा राजु परियार देखी कमलासम्मको प्रत्यक्ष दोहोरी धमाका

आर्टिष्ट खबर/ कात्तिक, नवलपुर ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बिशेष गरी प्रत्यक्ष दोहोरीमा नाम चलेका चर्चित कलाकारहरु शनिबार नवलपरासी सुस्ता पूर्व नवलपुरको कावासोतीमा छठ पर्वको अवसरमा आयोजीत ‘प्रत्यक्ष दोहोरी धमाका २०७६’ कार्यक्रममा सहभागी थिए । खुल्ला मैदान थानाचोकमा घेरिएको कार्यक्रम स्थलमा कोचाकेचको अवस्थामा दर्शकले मनोरञ्जन लिएका थिए ।

नेपाली लोकगीतको क्षेत्रमा हजारौं गीत गाएर दर्शक तथा स्रोताको मन जितेका राजु परियारलाई हेर्नकै लागी हजारौंको भिड लागेको थियो । लामो समयको अन्तरमा पुनः कावासोतीको कार्यक्रममा आउँदा पाउँदा निकै खुसी लागेको छ भन्दै राजुले स्टेज चढ्ने बित्तिकै दर्शकलाई नमस्कार गरे । यस्तै पछिल्लो समय सामाजि सञ्जालमा निकै छरिएकी धादिङकी ११ बर्षिय कमला घिमिरेका लागी पनि दर्शकको प्रतिक्षा उत्तिकै थियो । कमलाले पनि स्टेजमा चढ्नासाथ आयोजकसँगै, आफूसँगै आएका अग्रह कलाकार र अगाडी रहेका दर्शकलाई सम्मान ब्यक्त गरिन् । कमलाको प्रत्यक्ष दोहोरी सुन्न पनि दर्शक खुबै इच्छुक थिए ।

यस्तै प्रत्यक्ष दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाएकी जेरी उपनामले चिनिएकी बबिता बाँनिया, बिभिन्न दोहोरी प्रतियोगीताको उपाधि हात पारेकी डिला बि.क, गायक अमृत सापकोटासँगै स्थायी घर नवलपुर भएका गायक दीपक खड्काले दर्शकलाई प्रत्यक्ष दोहोरीबाट खुबै मनोरञ्जन दिएका थिए । बिशेषतः कार्यक्रममा प्रत्यक्ष दोहोरीलाई जोड दिइएको थियो । यस्तै मोडल रिया श्रेष्ठले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । साथै स्थानिय कलाकाहरुको प्रस्तुती पनि रहेको थियो ।

सानो उमेरमा पनि झट्टै दोहोरी मार्फत टुक्का फर्काउन सक्ने कलालाई देखेरे कमलाको प्रसंसा उपस्थित धेरै दर्शकले गरेका थिए । ‘यति सानोमा पनि कस्तो जानेको’ जस्ता भनाई अधिकांश दर्शकको मुखबाट निस्किएका थिए । दिउँसो १ बजेदेखी सुरु भएको कार्यक्रम सञ्चारकर्मि सागर पोखरेलले कलाकारहरुको आसनग्रहण गराएका थिए । नवलपुर कला केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रम रामकुमार सिग्देलले व्यवस्थापनको जिम्मा लिएका थिए ।

Video: