प्रमोदको गीतमा कविता र नमराज (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायामा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीतरहेको उक्त गीतको भिडियोमा नमराज सिलवाल र कविता राया (यादव)ले अभिनय गरेका छन् । यस्तै टेलिभिजनकर्मि कुमार आचार्यलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियो कुमारले नै निर्देशन गरेका हुन् । रामेश्वर हुमागाईंले खिचेको भिडियो बष्णु खड्काले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">निर्देशक कुमारले धेरै समय टेलिभिजनमा बिताउने भएता पनि फुर्सदको समयमा म्युजीक भिडियो निर्देशन पनि गर्दै आएको बताए । उनले आफूले गीतसंगीतको क्षेत्रलाई निकै माया गर्ने बताउँछन् । यस्तै मोडल कविताले भिडियोमा काम गर्दाको अनुभव साट्दै निकै रमाइलो भएको बताइन् । भिडियो सेलिब्रेटी नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/t5NrjXLBw2E" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>