चौधरीलाई देखाइयो छ माया छपक्कै

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

उद्यमी विनोद चौधरीलाई चलचित्र छ माया छपक्कै देखाइएको छ । आइतबार चौधरीले सपरिवार सहित दरबारमार्गस्थित राइजिङ्ग मलमा पुगि चौथो सातामा प्रदर्शनरत छ माया छपक्कै हेरिसकेपछि चलचित्र फरक प्रकृतिको रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘यो फिल्म अत्यन्तै फरक प्रकृतिको र गहन सन्देश बोकेको रहेछ । यो फिल्मले लामो समय सम्म छाप छोड्छ । कलाकारहरुको अभिनयको त के कुरा गर्नु सबैको उत्कृष्ट काम छ । यो फिल्मले आन्दोलन कुनै राजनीतिक प्रयोजनको लागि होइन समाजको विकासको लागि हो भनेर देखाएको सन्देशले एकदमै मन छोयो ।’

दिपेन्द लामाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । आमा सरस्वती मुभिजसँग मिलेर रोहित अधिकारीले छ माया छपक्कै बनाएका हुन् ।