प्रथम मिस सुन्दरी धौलागिरिको ताज भण्डारीलाई

...

पुस ४, पर्वत ।  द लुक्स फेसन हाउसद्धारा आयोजित प्रथम मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता शनिवार पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । धौलागिरिमै पहिलो पटक सम्पन्न भएको सुन्दरी प्रतियोगिताको ताज निरुता भण्डारीले हासिल गरेकी छन् ।
niruta bhanari - first miss sundari daulagiri
बाग्लुङ घर भएकी १९ वर्षीय भण्डारी पहिलो धौलागिरि सुन्दरी बन्न सफल भएकी हुन् । प्रथम सुन्दरीको ताज पहिरेकी भण्डारीले आफू दीनदुःखीको सेवामा समर्पित हुने ईच्छा सुनाईन् । सुन्दरी प्रतियोगितामा जम्मा १२ जना मिस र मिसेसहरु सहभागी भएका थिए । सहभागीहरु पर्वतसँगै बाग्लुङ, म्याग्दीका समेत रहेका थिए ।

त्यसैगरी पर्वतको कुश्माकी वर्ष १८ की प्रितिजा गुरुङले फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधी म्याग्दी तातोपानी घर भएकी १९ वर्षीय सविता नेपालीले हात पारिन् । मिस धौलागिरि प्रथम हुनेले बुटवलमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने अवसर पाउने आयोजक रविन्द्र बज्राचार्यको भनाई छ । करीव एक महिना पहिलाबाट सुन्दरी प्रतियोगिताको तयारी गरिएको प्रतियोगिताको संयोजक ईन्दु शर्माले जानकारी दिईन् ।

सुन्दरी प्रतियोगिताका सहभागीहरुले भाग लिनका लागि विभिन्न चरणहरु पार गर्नु परेको थियो । सुन्दरी प्रतियोगितालाई भव्य बनाउन आयोजक पक्ष सक्रिय भई लागेको थियो । प्रतियोगितामा सहभागीको संख्या केही कम भए पनि कार्यक्रमलाई सफल बनाउन आयोजकको मिहिनेत कम थिएन ।
niruta bhanari - first miss sundari daulagiri