नेपालको मायाले खुसी गोविन्दा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन् । उनी पत्नी सुनिता सँगै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमार्फत नेपाल आएका हुन् । साथमा, नेपाली चलचित्रकी सफल नायिका निरुता सिंह पनि नेपाल आएकी छिन् ।

बिमानस्थलमा गोविन्दाले नेपाल आफूलाई निकै मन पर्नेभएकाले बारबार पूज ागर्न नेपाल आउने गरेको बताए । ‘चलचित्रक्षेत्रबाटै दोस्रो पटकको निमन्त्रणामा फेरी नेपाल आउने मौका पाएको छु । निकै खुसी लागेको छ ।’ गोविन्दाले भने ‘जुन खालको माया र प्रेम तपाइहरुले मलाई दिनुभएको छ, यसका लागि म निकै नै आभारी छु ।’ विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको ‘स्वर्णिम चलचित्र महोत्सव’मा सहभागी हुनका लागि गोविन्दा र निरुता नेपाल आएका हुन् ।

गोविन्दाले नेपालको गुन्द्रुकको झोल र भात खान मन लागेको सुनाए । नायक गोविन्दाले महोत्वमा नेपाली चलचित्रकर्मीसँग भेट्न पाउँदा खुशी लागेको भन्दै यसले अझै दुई चलचित्र नगरीको सम्बन्ध मजबुत बनाउने बताए ।

यस्तै, नायिका निरुता सिंहले दर्शकहरुले आफूलाई धेरै माया दिएको बताइन् । गोविन्दासँग भेट हुँदा खुशी लागेको भन्दै उनले प्रशंसा गरिन् । नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको यो महोत्सव कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदैछ ।्