वीरगन्जमा हमालको गलबन्दी डान्स

गोपिकृष्ण चापागाईं/ कात्तिक, वीरगन्ज ।

प्रदेश नम्बर २ को वीरगन्जमा अहिले नेपाली कलाकारहरु थुप्रिएका छन् । गएको तीनदिन देखी वीरगन्जको टुँडिखेलमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ चलिरहेको छ । महोत्सवमा दर्जनौं चर्चित कलाकारहरुको उपस्थिती छ । यस्तै शुक्रबार साँझ चलचित्र क्षेत्र र नेपाली गीतसंगीत क्षेत्रका चर्चित हस्तीहरुको अर्को कार्यक्रम सम्पन्न भयो । घण्टाघरमा आयोजीत ‘सप्तरङ्ग २’ कार्यक्रममा अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, प्रकाश सपूत, रबि ओड, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीको उपस्थित रह्यो । ‘फ्रि इन्ट्री’ कार्यक्रममा हजारौं दर्शकको उपस्थिती देखिन्थ्यो ।

नेपालकै ठुलो नाका वीरगन्जको बिचमा नेपाली चलचित्र भन्दा भारतीय चलचित्रले कब्जा गमाइरहेको ठाउँमा नेपाली कलाक्षेत्रका चर्चित हस्तीहरु पुग्दा अन्य ठाउँहरुमा जस्तो दर्शकको लोभलाग्दो उत्साह नदेखिएपनि कार्यक्रमस्थलमा जति दर्शक उपस्थित थिए उनीहरुको उत्साह भने कम थिएन । वीरगन्जका दर्शकले हिन्दी र भोजपुरी गीतको अपेक्षा गरिरहेको देखिन्थ्यो तर नेपाली गीतमा पनि खुबै मज्जैले रमाइरहेका थिए ।

‘‘हमालको गलबन्दी डान्सबाट दर्शक अझ रोमान्ञ्चक देखिन्थे । कुर्ति र धोतीमा ठाँटिएका हमाल केहिबेर नाँचे पछि फेरी अर्को गीतको समयमा पनि स्टेज उक्लिए । गायक प्रकाशको आग्रहमा ‘दोहोरी ब्याटल २’ गीतमा धेरैबेर नाँचेका थिए ।’’

अभिनेता हमाललको आफ्नो ब्यक्तिगत प्रस्तुती नभएपनि अन्य कलाकारका गीतमा स्टेजमा बेलाबेलामा नाँच्न पुग्थे । जब हमालले गीतमा ‘डान्स स्टेप’ देखाउँथे दर्शकबाट मज्जैको ‘हुटिङ’ आउथ्यो । पछिल्लो समयका चर्चित लोकगायक प्रकाश सपूतका दुई गीतमा अभिनेता हमाल धेरैबेर स्टेजमा रहे । ‘गलबन्दी’ गीत गाउँदै स्टेज उक्लिएका प्रकाशले ‘ल सुरु गरौं’ भन्दै गीतमै प्रयोग भएको शब्द प्रयोग गर्दा वीरगन्जबासी खुबै मनोरन्जन लिइरहेका थिए । ‘मेरो गीत धेरैनै नसुन्नु भएको पनि हुनसक्छ । गीत नसुनेपनि मलाई नचिनेपछि यहाँहरुको न्यायो स्वागतले निकै खुसी भएको छु । आज केहि फरक लोकगीत सुन्न पाइयो भन्ने तपाईलाई गराउनेछु ।’ प्रकाशले स्टेजबाटै भने । ‘एउटा रातो कोट लगाउन केटा आएको थियो, कस्तो कस्तो फरक लोकगीत गाएर गयो भन्ने बनाउनेछु ।’

उनले आफ्नो फेसबुकमा पनि लेखेका छन् ‘लोक लय त सबैको हुन्छ । मैथीली गित पनि लोक गित हो । भोजपुरी गित पनि त्यहाको लोक गित नै हो । तर बिरगन्जको बिचमा दशौ हजÞार दर्शकलाई पश्चमेली दोहोरी शैलीको लोक गित सुनाउन पाउछु र उनिहरुले यस्तो जोशिलो साथ दिन्छन भन्ने चै सोचेको थिएन । केहिले गल्बन्दी सुनेको भनेर प्रतिक्रिया दिए पनि म बिरगन्जको लागि अपरिचित कलाकार नै हु । उनीहरुले यसरी साथ दिनुको पछाडि संगितको शक्ति र राष्ट्रियता ले काम गरेको छ । यो एउटा भव्य अनुभव र अबसर हो ।’

केहि बेर गीत गाएपनि गायक प्रकाशले अभिनेता हमाललाई आफ्नो गीतमा नाँच्नका लागी आग्रह गर्दै स्टेजमै बोलाए । हमालको गलबन्दी डान्सबाट दर्शक अझ रोमान्ञ्चक देखिन्थे । कुर्ति र धोतीमा ठाँटिएका हमाल केहिबेर नाँचे पछि फेरी अर्को गीतको समयमा पनि स्टेज उक्लिए गायक प्रकाशको आग्रहमा ‘दोहोरी ब्याटल २’ गीतमा धेरैबेर नाँचेका थिए ।

गायक सुगम पोखरेलले आफ्ना केहि हिट गीत गाएसँगै चलचित्र ‘फाटेको जुत्ता’मा समावेश राजेश हमालको शब्द राखिएको भोजपुरी भाषाको एक सम्वाद बोल्दा वीरगन्जका दर्शकको मुहारमा फरक खुसी देखिन्थ्यो । यस्तै गायक हाँस्य कलाकार जितु नेपालले पनि दर्शकलाई मज्जैले हँसाए । अर्का हाँस्य कलाकार सन्दिप क्षेत्री पनि उक्त कार्यक्रममा पुगेका थिए । अन्तिम प्रस्तुतीको रुपमा करिब आधा घण्टा प्रस्तुती दिएका सन्दिपले अभिनेता हमालको बिषयमा पनि धेरैबेर बोले । गायक हिमाल सागर, रबि ओड र गायिका मेलिना राईका गीतमा पनि दर्शक झुमेका थिए ।

‘सप्तरङ्ग’को सफलता पनि यो कार्यक्रमको अहिले दोस्रो सिजन चलिरहेको हो । सातै प्रदेश पुग्ने यो कार्यक्रम गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेका हो । आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने तरिकाले कार्यक्रम भइरहेको बताए । विर्तामोडबाट सुरु भएको कार्यक्रम २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)