‘चच हुई’को क्यारेक्टर पोष्टर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनरका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम–कम जनरको चलचित्रमा देखिएका हुन् । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

चलचित्रमा प्रेम अर्थात आर्यन नेपालबाट सानैमा हङकङ पुगेका हुन्छन् । कामलाई सिरियस रुपमा नलिने प्रेम एउटा परिस्थिति सिर्जना भएपछी नेपाल फर्किन्छन् । नेपाल फर्किएर उनि हिमाल पुग्छन् । त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ । यस्तै अर्का भोलालाई केहि काम राम्रोसंग आउदैन, हरेक काममा आलोकाचो । लाइफमा केहि गर्न खोजेपनि उनलाई साथ् दिने कोहि छैन । त्यसैले भोला पनि हङकङबाट प्रेमसंगै नेपाल फर्किन्छ । र , प्रेमको सुख , दुखसंगै हरेक मोमेन्टमा संगै हुन्छ । यस्तै हिमालमा हुर्केकी संगीता देखिदा जति सुशील छिन्, त्यति नै चिन्दा छुच्ची । काठमाण्डू बसेर पढ्ने उनलाई परिस्थितीले त्यस्तो बनायो । उनि पढाइ सकेर हिमाली भेगमै फर्किन्छिन् । त्यसै क्रममा उनको भेट प्रेमसंग हुन्छ । त्यसपछि उनको लाइफमा सुरु हुन्छ च च हुई ।

यस्तै अर्का छन् श्यामलाल । मान्छे हेर्दा उमेरले पाको देखिए पनि श्यामलाल रमाइला छन् । उनले आफुलाई बाहेक अरुसबैलाई ढाटेका छन्, ठगेका छन् । श्यामलाल रमाइला भएपनि गैरकानुनी काम गर्छन् । उनले एउटा किताबलाई पुर्याउने जिम्मा प्रेम र भोलालाई दिएका हुन्छन । समयमै किताब भनिएको ठेगानामा नपुगेपछि त्यहि रमाइलो म्यानले आफ्नो भिलेन रुपलाई अगाडी ल्याउछन् । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ ।