प्रेम दिवसमा ‘लभ डायरिज’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘लभ डायरिज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब आउँदो फागुन २ गतेबाट देशभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

चलचित्रको एक गीत पनि हालै छायांकन गरिएको छ । पाँचतारे होटल हायातमा आइतबार चलचित्रको रोमान्टिक गीत खिचिएको हो । जसमा चलचित्रका प्रमुख अभिनेता सुशील र नव(अभिनेत्री रुबिना थापाले ठुम्का लगाएका छन् । भने, दुईलाई ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले साथ दिएका छन् । उनीहरु टिकटकमा निकै भाइरल छन् । पहिलो पटक ‘ट्वीन्स गर्ल’ ले फिल्मको गीतमा नृत्य गरेका हुन् ।

अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । फिल्ममा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको निर्देशक चौधरीको भनाई छ । चलचित्रमा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण छ । नायिका थापा फिल्मलाई लिएर निकै उत्साहित छिन् ।