अमेरिका प्रिमियरबाट ‘मिस्टर नेपाली’लाई सकारात्मक प्रतिक्रिया

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">चलचित्र <a href="http://artistkhabar.com/fimly/9007" target="_blank"><font color="#0000ff">‘मिस्टर नेपाली’ </font></a>अमेरिकामा प्रिमियर गरिएको छ । टेक्सासमा गरिएको प्रिमियरमा सहभागी दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई मिस्टर नेपाली फिल्म देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । केही दर्शकले भने फिल्मले खुबै हसाँएको पनि बताए । उनीहरुले राष्ट्रियताको कथा उठान गरेकाले पनि फिल्म विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिए ।</p><p style="text-align: justify; ">देव भुषालको निर्देशनमा बनेको यो फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म प्रेमराज दाहालको निर्माणमा बनेको हो । यो चलचित्र नेपालमा भने आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ ।</p>