
बैशाख, काठमाडौं । लामो समयदेखि चलचित्र क्षेत्रबाट ओझेलमा रहेका अभिनेता सुमन सिंहले भुकम्प पिडितहरुलाई राहत बितरण गर्नुभएको छ । नुवाकोट जिल्लाका भुकम्प पिडितहरुलाई उहाँले पाँचलाख बराबरको राहत बितरण गर्नुभएको हो । कोरियोग्राफर दिनेश अधिकारी र आफ्नो परिवार सँग नुवाकोटको राकुवादेवी गाबिस पुग्नुभएका सिंहले लत्ताकपडा, खाद्यान्न तथा त्रिपाल बितरण गर्नुभयो ।
हामि कलाकारहरुले सरकार पुग्न नसकेको ठाउँमा पुगेर भएपनि सहयोग गर्नेछौं, अभिनेता सिंहले भन्नुभयो ।