‘सेल्फी किङ’मा विपिन यस्ता

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अभिनेता विपिन कार्कीको नयाँ चलचित्र ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।  विपिनले काम गर्ने चलचित्रमा केहि न केहि नयाँ भूमिका रहन्छ भन्ने दर्शकमा भान भइसकेको छ त्यसैले उनले नयाँ भूमिका जन्माइरहेका हुन्छन् । हरेक चलचित्रको भूमिकाबाट दर्शकको मन जितिरहेका विपिन ‘सेल्फी किङ’मा पनि फरक भूमिकामा आएका छन् । चलचित्र टिमले सार्वजनिक गरेको एक पोष्टरमा विपिनको भूमिका गज्जबको देखिन्छ ।

चलचित्रको प्रदर्शन मितिसँगै सार्वजनिक भएको पोष्टरमा विपिन ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन् । ‘सेल्फी किङ’ले कलाकारले कला यात्राको दौरान पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ । निर्देशक दिनेश राउतले आफ्नो फेसबुक पेजमा चलचित्रको रिलिज डेट र पोस्टर सार्वजनिक गरेका हुन् । राउतले लेखेका छन्, ‘दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल चलचित्र प्रसाद पछि हामी लिएर आउदै छौँ सेल्फी किङ ।’

ड्रामेडी (ड्रामा र कमेडी) जनरामा निर्माण भएको यस चलचित्र विशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्कीको मुख्य भूमिका रहेको छ। ’सेल्फी किङ’मा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारहरुको अभिनय रहेको छ । साथै चलचित्रमा अभिनेत्री केकी अधिकारीको विशेष भुमिका रहेको बताइएको छ । ‘सेल्फी किङ’मा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छाँयांकन र जिवन थापाको सम्पादन रहेको छ ।