शैली थिएटरमा ‘भुसको आगो’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गोविन्द बहादुर मल्ल गोठालेद्वारा लिखित ‘भुसको आगो’ मञ्चन हुँदैछ । मंसिर १५ देखि रातोपुल स्थिति नवनिर्माण भएको शैली थिएटरको नयाँ नाटकघर यस नाटकसँगै उद्घाटन हुँदैछ ।<br></p><p style="text-align: justify; ">‘भुसको आगो’ नारीकेन्द्रित कथावस्तुमा आधारित मनोविश्लेषणात्मक नाटक हो । २०१३ सालतिरको परिवेश चित्रण भएको यसमा पति र सासूससुराको दुव्र्यवहारपछि माइत बसेर भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगोझैं भएकी नारी पात्रको मनोदशा उतारिएको छ । नाटकले परित्याग गरिएकी र पछि शिक्षित भएपछि पुनः भित्राउन खोजिएकी मुख्य पात्रमार्फत नारीको संघर्ष र पुरुष प्रधान समाजको संकीर्ण दृष्टिकोणलाई उजागर गर्छ ।</p><p style="text-align: justify; ">निर्देशक नवराज बुढाथोकीको निर्देशनमा नाटकलाई सरस्वती अधिकारी, सगुन पोखरेल, अश्मिता खनाल, चादनी शाही, सृष्टि आचार्य र निमा पाण्डे छ जना कलाकारले प्रमुख भूमिकामा अभिनय गर्नेछन् । नाटक ‘भुसको आगो’ मंंसिर १५ देखि ३० सम्म हरेक साझ ४ः५० बजे मञ्चन हुनेछ । शनिबार १ बजे र अन्य दिन बुकिंङ सो पनि हुने जानकारी नाटकघर व्यवस्थापक भारती रिजालले जानकारी दिइन् । शैली थिएटरले यही माघमा एघारौं राष्ट्रिय बाल नाटक महोत्सव पनि आयोजना गर्नेछ ।</p>