मरीचिका कथा संग्रहलाई उत्कृष्ट आख्यान पुरस्कार

आर्टिष्ट खबर/ मंसिर, चितवन ।

चितवनको कविडाँडा साहित्य समाजद्वारा आयोजीत कार्यक्रममा कथाकार महेश थापाको ‘मरीचिका’ कथा संग्रहले ‘उत्कृष्ट आख्यान २०७५’ पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशी २५ हजार १ सय ६० रुपैंया रहेको छ ।

गत शनिबार भएको कार्यक्रममा लेखक भूपिनको उपन्यास ‘मैदारो’ अविनाशी उत्कृष्ट पुरस्कार पाएको छ । सोही कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आफ्नो बुबा आमाको नामबाट स्थापना गरेको ‘देव–खिना’ स्मृति पुरस्कारबाट इन्द्र रेग्मी सम्मानित भए। भूपीनलाई पुरस्कार स्वरुप १० हजार १ सय ६० र रेग्मीलाई ११ हजार १ सय ६० प्रदान गरियो ।

१७ औं वार्षिकोत्सवको अवसरमा समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिता २०७६ को नतिजा पनि यसै अवसरमा घोषणा गरियो । यसमा कथाकार पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो घोषित भए । पुरस्कृत स्रष्टाहरुलाई क्रमश १० हजार १ सय ६०, ७ हजार ५ सय ६० र ५ हजार ६० नगद प्रदान गरियो । कार्यक्रममा प्रत्येक वर्ष प्रदान गरिने कविडाँडा साहित्य सम्मान भागीरथी श्रेष्ठ, उषा शेरचन र नारायण ढकाललाई दिइयो ।