चैत अन्तिममा ‘चपली हाइट ३’, सोहि मितिमा ‘प्रेमगीत ३’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली चलचित्र निर्माताहरु चलचित्र रिलिज गर्न कि चाडपर्व कित नयाँ बर्षमा केन्द्रित हुन्छन् । दर्शक फुर्सदिला जुन समयमा हुन्छन् त्यो समयमा रिलिज केन्द्रित हुनु स्वभाविक पनि हो । यसैक्रममा आउँदो नयाँ बर्षलाई छेको पारेर चलचित्र रिलिज गर्न निर्माताहरु तम्सिएका छन् ।

निकेश खड्काको निर्देशनमा बनिरहेको चलचित्र ‘चपली हाइट ३’ले पनि नयाँ बर्षलाई नै केन्द्रित गरेको छ । अर्थात चैतको अन्तिम साता (चैत २८) गते प्रदर्शन हुने भएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने यो चलचित्रमा अर्जुन कुमारको लगानी छ । अब, यो चलचित्रको बक्सअफिसमा फिल्म ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । गएको ६ महिना अगाडि नै यो चलचित्रले चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।

गएको पाँच दिनदेखि चलचित्रको धमाधम छायांकन भैरहेको छ । निर्माता अर्जुन अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताउँछन् । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । फिल्मको एक महिनाको सुटिङ सेड्युल राखिएको छ । नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा–महेश र सुपुष्पाप्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो ।